२३ कार्तिक २०७९, बुधबार ०७:२३


अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले नेपाल आएको मौका सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल भएकी छिन् । उनले ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको
तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन्। निकै साहासी फोटोपत्रकारपवलोस्कीले ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले
फोटोका निम्ति पछ्याएको वेभसाइटमा जनाएकी छिन् । उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो भन्ने आँटले यो काम गर्न सफल भएको बताउँदै हिउँ चितुवा कैद गर्नका निम्ति
गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन्। अन्तत बिहानीपखको गोधुली साँझ र मिर्मिरेमा उनले हिउँ चितुवा निकै आकर्षक दृश्य खिचेर आज संसारलाई देखाइन् ।तस्बिर: किटी पवलोस्की

प्रतिकृया दिनुहोस्