स्वास्थ्य

त्रियुगा–१० मा बाल क्लब गठन, बालअधिकार संरक्षणमा वडा अध्यक्ष पाण्डेको प्रतिबद्धता

गाईघाट । त्रियुगा नगरपालिका–१० मा “सजग बालबालिका, समृद्ध समाजको आधार” भन्ने मूल नाराका साथ बाल क्लब गठन गरिएको छ। असोज १९ गते वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बाल क्लब गठन गरिएको हो। बालबालिकाको क्षमता विकास, नेतृत्व विकास, बालअधिकारको संरक्षण तथा सामाजिक गतिविधिमा उनीहरूको सक्रिय सहभागिता बढाउने उद्देश्यले बाल क्लब गठन गरिएको जनाइएको छ। क्लबमार्फत […]

पूरा पढ्नुहोस्

उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेस वडा अधिवेशन सम्पन्न : १५ सभापति र ४७० प्रतिनिधि चयन

गाईघाट । नेपाली कांग्रेस देउवा समूहअन्तर्गत त्रियुगा नगरपालिकामा बिहीबार सम्पन्न वडा अधिवेशनबाट १५ जना वडा सभापतिसहित ४७० जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। त्रियुगा नगरपालिकाका १६ वडामध्ये वडा नम्बर ४ मा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेपछि अधिवेशन स्थगित गरिएको छ। उक्त वडाको सभापति शुक्रबार सहमतिबाट टुंग्याउने प्रयास गरिने निर्वाचन समितिले जनाएको छ। सहमति हुन […]

पूरा पढ्नुहोस्

एक वर्षपछि पुनः अनावरण भयो बीपी कोइरालाको सालिक

गाईघाट / गाईघाटस्थित बीपी चोकमा जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको सालिक एक वर्षपछि पुनः अनावरण गरिएको छ। आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड भएको सालिक बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर ठीक एक वर्षपछि बुधबार पुनः अनावरण गरिएको हो। आज बिहान करिब ८ बजे बीपी चोकमा आयोजित […]

पूरा पढ्नुहोस्

उदयपुरमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद

गाईघाट / उदयपुरको कटारीमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ। गत भदौ १५ गते बिहान करिब ४ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बाँकेटार शान्तिवनस्थित जंगलमा खोजतलास गर्ने क्रममा ५२ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार जंगलमा लुकाइछिपाइ राखिएको गाँजा संगै एक बोलेरो समेत बरामद गरिएको छ। घटनामा संलग्न […]

पूरा पढ्नुहोस्

त्रियुगाबाट कुपोषित शिशु कोशी अस्पताल रिफर, निःशुल्क उपचारको व्यवस्था

गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका–५ का ८ महिनादेखि कुपोषणबाट पीडित एक शिशुलाई थप उपचारका लागि आज कोशी अस्पताल रिफर गरिएको छ। त्रियुगा नगर अस्पतालका प्रशासन प्रमुख फिरोज अलीका अनुसार कुपोषणका कारण शिशुको तौल बढ्न नसकेको र ८ महिनाको उमेरमा पनि करिब १ केजी ५०० ग्राम मात्र तौल रहेको छ। अलीका अनुसार त्रियुगा नगर अस्पतालको समन्वयमा […]

पूरा पढ्नुहोस्

गाईघाट रनको सुरुवात, स्थानीय र जनप्रतिनिधिको उत्साहजनक सहभागिता

गाईघाट / उदयपुरको सदरमुकाम गाईघाटमा “अब दौडिन्छ गाईघाट” भन्ने नारासहित गाईघाट रनको शुभारम्भ गरिएको छ। शनिबार बिहान आयोजित दौडमा स्थानीयवासीसँगै जनप्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कुनै औपचारिक आयोजक संस्था नभए पनि स्वतःस्फूर्त रूपमा सुरु गरिएको यस अभियानलाई आगामी दिनमा संस्थागत गर्दै लैजाने तयारी गरिएको छ। त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले गाईघाट रनलाई स्थानीय […]

पूरा पढ्नुहोस्

रौतामाई परिसरमा दुई दिने पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

गाईघाट / उदयपुरको रौतामाई परिसरमा “धार्मिक, साहसिक तथा सांस्कृतिक सम्पदाको पहिचान, पर्यटन विकास हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित दुई दिने पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। हिजोदेखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो। त्रियुगा नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिकाका अधिकृत तथा सहजकर्ता बिस्वोजित राईले जानकारी दिँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले […]

पूरा पढ्नुहोस्

श्री जनता माविमा नयाँ भवन शिलान्यास

गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुरस्थित श्री जनता माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ। उक्त भवनको आज त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतद्वारा शिलान्यास गरिएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले “शिक्षा विकास बिना समृद्ध […]

पूरा पढ्नुहोस्

मोतिगडा–जोगीदह सडक कालोपत्रे संगै पुल–कल्भर्ट निर्माणको संयुक्त अनुगमन

उदयपुर / मोतिगडा–जोगीदह सडक खण्ड कालोपत्रे भएको छ। लामो समयदेखि धुलो र हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयवासीहरूका लागि सडक कालोपत्रे हुनु ठूलो राहतको विषय बनेको छ। त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेत निर्वाचित भएयता आफूले चुनावी समयमा व्यक्त गरेका प्रतिबद्धताहरू क्रमशः कार्यान्वयन गर्दै आएका छन्। नगरपालिकाको प्राथमिकतामा परेको उक्त सडक खण्डका लागि आवश्यक बजेट […]

पूरा पढ्नुहोस्

गाईघाटको निर्माणाधीन सडकको कालोपत्रे सुरु हुने

सौरभ आले मगर समृद्ध नेपाल संवाददाता गाईघाट / विश्व बैङ्कको सहयोगमा निर्माणाधीन गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न १३ वटा सडकमा अब कालोपत्रेको काम सुरु हुने भएको छ । निर्माण कम्पनी आशिष/आशीर्वाद/स्वामीनारायण जेभीका प्रोजेक्ट म्यानेजर राजेश यादबका अनुसार गाईघाट बजारको पिपल चोक-बरुवा सडक,सिटी हल पश्चिमको सडक, बाबारानी डिएम गेट सडक, फूलचोक बोटे टोल सडक, समेत गरी […]

पूरा पढ्नुहोस्