१६ भाद्र २०८३, मंगलवार २१:०२
गाईघाट / उदयपुरको कटारीमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ। गत भदौ १५ गते बिहान करिब ४ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बाँकेटार शान्तिवनस्थित जंगलमा खोजतलास गर्ने क्रममा ५२ बोरा गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार जंगलमा लुकाइछिपाइ राखिएको गाँजा संगै एक बोलेरो समेत बरामद गरिएको छ।
घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१, डाँडागाउँ बस्ने करिब ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिकृया दिनुहोस्