गाईघाट / गाईघाटस्थित बीपी चोकमा जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको सालिक एक वर्षपछि पुनः अनावरण गरिएको छ।
आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड भएको सालिक बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर ठीक एक वर्षपछि बुधबार पुनः अनावरण गरिएको हो।
आज बिहान करिब ८ बजे बीपी चोकमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू विदुर बस्नेत, प्रमिला राई, नारायण कार्की तथा उदयपुरका युवा नेता बसन्त कुमार बस्नेतले सालिकमा माल्यार्पण गर्दै संयुक्त रूपमा अनावरण गरेका थिए ।
त्रियुगा नगरपालिका–११ वडा कार्यसमितिका अनुसार सालिक पुनर्निर्माणका लागि वडाका कांग्रेसका नेता तथा कार्यकर्ताले व्यक्तिगत रूपमा रकम संकलन गरी निर्माण सम्पन्न गरेका बताउनु भयो ।
पुनः अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।




प्रतिकृया दिनुहोस्