

काठमाडौँ / धरान नगर प्रमुख हर्क साम्पाङले नेपक एमालेका अध्यक्ष केपी ओलीलाई दिए चुनौती । एमाले अध्यक्ष केपी शर्मा ओलीले धरानमा शुक्रवार आयोजित चुनावी सभामा हर्क साम्पाङलाई
धरानले जिताउने बेलामा आँखा नदेखेको भन्दै व्यंग्य गरेका थिए । ओलीले सभामा भनेका थिए, ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस् ।’
ओलीले नगरको बजेटले नपुग्ने भन्दै धरानको खानेपानीका लागि राष्ट्रिय बजेट चाहिने भन्दै साम्पाङप्रति कटाक्ष पनि गरेका थिए । नगरको बजेटले त्यो आयोजना हुन्छ त ? हुँदैन ।
तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन ओलीले भने ‘त्यत्रो कोसी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ ? । हर्क साम्पाङले १२ घण्टामा १२ स्टाटस सामाजिक संजालमा लेखेको छ ।
मेयर छान्न जानेनौ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौतीदिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० बर्षमा गर्न नसकेको
काम ४ महिनामा पूरा गरेको छ । तेस्तै अर्को साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हाउडी र गोज्याङ्ग्रा’को आरोप लगाएका छन् ।धरानका जनतालाई पानी धरान नगरले खुवाउछ चिन्ता नगर्न आग्रह गर्नु भएको छ ।


प्रतिकृया दिनुहोस्