
काठमाडौँ / रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका
क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो । घरदैलो कार्यक्रममा पार्टी सभापति रबि लामिछाने आफै हिड्ने क्रममा अरु साथी रहेको गाडीमाथि प्रहार भएको हो । निस्पक्ष र
भयरहित वातावरणमा चुनाव गराउनु पर्ने राज्य मुकदर्शक बनेको छ । शान्ति सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरी एकपटक उदाङ्गो भएको लामिछानेले
आरोप लगाएको छ । लामिछानेले म मात्र सुरक्षित भएर हुदैन म संग हिड्ने सम्पूर्ण साथी सुरक्षित हुनु पर्यो । मलाई साथ दिने साथीहरु चाउचाउको भरमा हिड्नु भएको छ भन्दै भिडियो
बताउनु भएको छ । सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ र हल्ला गर्दै सुमोको ढोका खोलेर मान्छे निक्लन खोजेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्