

गाईघाट / उदयपुर स्थानीय तह निर्वाचनमा ६ पालिकामा भएको गठबन्धनमा सवै पालिकाका प्रमुख गठबन्धनका उम्मेद्वारले जित निकालेका छन । दुई पालिकामा भने प्रमुख जिते पनि उपप्रमुख भने गुमाउन परेको छ ।
२०७४ सालको स्थानिय निर्वाचनमा एमालेले जितेका रौतामाई र ताप्लीमा गठबन्धन तर्फबाट नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको छ ।
यस्तै लिम्चुङ्गबुङ्गमा पुन माओबादीले जित निकालेको छ भने उदयपुरगढ़ीमा एकीकृत समाजबादीले जित निकालेको छ ।यस अघि एमालेले जितेको कटारी र बेलका नगरपालिकामा गठबन्धनले प्रमुखमा
जित निकालेको छ भने उपप्रमुख भने गुमाएको छ । चौदण्डी र त्रियुगामा भने ५ दलीय गठबन्धन थिएन । यी दुई पालिकामा नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादीले गठबन्धन गरेका थिए ।
माओबादी र एस मिलेर गरेको गठबन्धनले नतिजा आफ्नो पक्षमा ननिकाले पनि गठबन्धनमा आएको भोट उत्साह जनक भोट आएको निस्कर्ष निकालेको छ । गठबन्धनले जिल्ला समन्वयमा बहुमत सहित बिजयी हाँसिल गरेको छ ।
स्थानीय निर्वाचनमा गठबन्धन सफल भएकाले अहिलेको प्रदेश र संघमा पनि गठबन्धन सफल हुनेमा आफुहरु बिश्वस्त रहेको नेकपा माओबादीका नेता बताउछन। “गठबन्धनका बलमा माओबादीले ३
पालिकामा प्रमुख जितेको छ, एसले एक र कांग्रेसले दुई पालिकामा प्रमुख जितेको छ।” ति नेताले भने, “एक स्थानको निर्वाचन परिणाम लाई लिएर भन्दा पनि समग्र जिल्ला भरिको परिणामलाई लिएर विश्लेषण गर्दा गठबन्धन उदयपुरमा सफल भएको छ।”

प्रतिकृया दिनुहोस्