
काठमाडौँ / ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अभिनेता प्रदीप खड्काले डेब्यु अभिनेताको अवार्ड जितेका छन् । भारतको आग्रामा आइतबार बेलुका कार्यक्रम सम्पन्न भएको थियो ।
‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो । फेस्टिभलमा प्रेमगीत ३ ले नेपाल,
भारतसहित विश्वभर उछाल कमाइ गरेको थियो ।अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् । फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र
तस्वीरहरु सार्वजनिक भएका छन् । एक तस्वीरमा प्रदीप र पार्श्व गायक तरुण सागर सँगै देखिएका छन् ।स्रोतका अनुसार मुम्बईको एक प्रोजेक्टका लागि प्रदीप यतिबेला भारतमा छन् । तर उक्त फिल्म गर्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन

प्रतिकृया दिनुहोस्