१४ मंसिर २०७९, बुधबार १९:५९


काठमाडौँ / स्याङ्जा २ मा राति ९ बजेपछि मतगणना सुरू हुने भएको छन्। मङ्सिर ४ गते मतदान सम्पन्न भए पनि हालसम्म त्यहाँ मतगणना हुन सकेको थिएन ।
नेकपा एमालेले स्वाक्ष मतदान नभएको भन्दै मतगणना अबरुद्ध गर्दै आएको थियो । तर, निर्वाचन आयोगले बुधबार पुनःमतदान गर्नु नपर्ने भन्दै यसअघि भएको मतदानअनुसार मतगणना गर्ने निर्णय गरेको छ ।
आयोगको निर्णयपछि बुधबार स्याङ्जा २ का निर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाएका थिए ।सर्वदलीय बैठकमा राति ९ बजेदेखि मतगणना सुरु गर्ने विषयमा छलफल भएको थियो ।
काँग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका सचिव पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा छन् । एक कांग्रेसी नेताका अनुसार एमालेले हार्ने भए पछि यस्तो
बखेडा झिकेको आरोप लगाएको छ । गुरुङ नेपाली रानिजितीमा एक असल नेताको छबि बनाउन सफल भएको मानिन्छ ।


प्रतिकृया दिनुहोस्