१६ मंसिर २०७९, शुक्रबार ०७:२३


काठमाडौँ / स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।
गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ । मंसिर
४ गते भएको निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि स्याङ्जा २ मा मंसिर १४ गतेदेखि मात्रै मतगणना सुरु भएको थियो ।
गुरुङ नेपाली राजनीतिमा प्रस्ट वक्ता र भ्रस्टचारी बिरोधि नेता भनेर आफ्नो पहिचान बनाउनु सफल रहेको छ ।

प्रतिकृया दिनुहोस्