

गाईघाट / नेपाल कारखाना श्रमिक संघ उदयपुर सिमेन्ट उधोग लि.इकाईको सातौँ साधारण सभा तथा अदिवेसन सम्प्पन भएको छन् । कार्यक्रम जलजले स्थित उदयपुर सिमेन्ट उधोग लि. को सभा हलमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेसकका शुभेच्छुक संस्था ट्रेड युनियन मातहात रहेर काम गर्दै आएको छ । सहमति मै कार्य समिति चैन गर्न खोजे पनि अन्तत सहमति हुन् सकेन । समितिको अरु सदस्यमा सहमति भए पनि अध्यक्ष पदको लागे भने निर्वाचन भएको थियो ।
जम्मा १२१ मतदाता सख्या रहेको इकाईमा अध्यक्षको लागि राम चन्द्र यादव र इन्द्र मोहन झा मैदानमा उत्रिएका थिए । जस मध्ये राम चन्द्र यादवले ६१ मत ल्याई अध्यक्षमा निर्वाचित भएको योग नारायण साहले बताउनु भयो ।
साहका अनुसार अर्को प्रतिद्वन्दी इन्द्र मोहन झाले भने ५२ मत ल्याई उप बिजेता भएको बताउनु भयो । नया कार्य समितिमा अध्यक्ष राम चन्द्र यादव संगै उपाध्यक्ष बम बहादुर तामाङ, शंकर राम यादव तेस्तै
सचिवमा रुद्र प्रसाद दाहाल सह – सचिवमा रिसी केश रत्न यादव कोषाध्यक्षमा वलदेव मण्डल रहेको छ । सदस्यहरु अच्युत कुमार नेपाल, लोक मणि अर्याल, सुरेन्द्र प्रसाद चौधरी, अनिल कुमार झा, सत्रुधन चौधरी र दिलिप यादव निर्वाचित भएको छन् ।
जिल्ला प्रतिनिधिको रुपमा भने मोहमद सागिर अहमद, मनिराम अधिकारी, रमानन्द मण्डल, रबि साह र नगेन्द्र प्रसाद देवलाई सभाले चयन गरेको छ ।

प्रतिकृया दिनुहोस्