

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा
धर्ना दिएर खबरदारी गरेका हुन् । प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । १३ सिटमासांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित कार्यकर्ताले
पार्टी कार्यालयमा खबरदारी गरेर नेतृत्वलाई सचेत गराएका हुन् । बुधबार निर्वाचनआयोगले निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ । रातोपाटी
यो पनि काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुमवासीका कारण खोला प्रदुपषत भएको,
राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् । अस्तव्यस्थ बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्