

टिकटकमा भिडियो बनाउँदै चर्चामा आएपछि मोडल उषा उप्रेतीले म्युजिक भिडियोमा काम गर्ने अवसर पाइन् । अहिले उनी म्युजिक भिडियोकी व्यस्त मोडलमा पर्छिन् ।
टिकटकबाट उदाएका कैयौं प्रतिभा केही महिना भिडियो खेलेर हराएका पनि छन् । तर, उषाको भने म्युजिक भिडियोमा उत्तिकै माग छ ।मोडल उषा उप्रेतीले यदि आफूलाई मेन्टेन
नगर्ने हो भने अब उनलाई म्युजिक भिडियोमा पनि काम गर्न गाह्रो पर्न सक्छ । किनकी, फिल्ममा काम गर्ने उनको सोच र योजना छ । तर, उनलाई फिल्मको अफर गएको छैन ।
उनीसँगै म्युजिक भिडियोमा आएकी गरिमा शर्मा फिल्मकी नायिका भैसकेकी छिन् । यसको दबाब उषालाई पक्का छ ।तर, उषा भने आफूलाई मेन्टेन गर्न कत्तीपनि ध्यान दिइरहेकी छैनन् ।
उनी उषा केही दिन अगाडि भारतको गोवा पुगिन् । गोवा पुगेर उनले विकिनीमा आफ्नो हट अवतार प्रस्तुत गरिन् । विकिनीमा प्रस्तुत भएपछि उनका विभिन्न ट्रोल समेत बनेका छन् ।
यो बिषयमा मिडियासँग कुरा गर्दै उनले भनिन्–‘समुन्द्र हेर्न मन लागेको थियो । समुन्द्रको पानी कसरी निलो हुन्छ भन्ने वुझ्न मन लागेको थियो । समुन्द्रमा पुगेपछि विकिनी लगाउनु सामान्य हो ।
तर, बलिउड वा हलिउडका नायिकाले लगाउँदा कती राम्रो भनेर प्रशंसा गर्ने अनी नेपाली मोडल वा नायिकाले लगाउँदा गाली गर्ने, यो कस्तो तरिका हो ?’

प्रतिकृया दिनुहोस्