

दोहा, कतार : मध्यपूर्वको खाडी राष्ट्र कतारमा अहिले फिफाको २२ औं संस्करणको विश्वकप चलिरहेको छ िनोभेम्बर २०, २०२२ बाट शुरु भएको खेल अहिले नकआउट चरणमा रहेको छ ।
कतारमा विभिन्न स्थानमा हरेक वर्ग, तह र तप्काका नागरिकले फुटबल हेरुन् भनेर ‘फ्यान जोन’को निर्माण गरिएको छ ।कतार सरकारले होस् या फिफाले कसैलाई पनि मनोरञ्जन,
सुरक्षा तथा खेल हेर्नबाट वञ्चित नगर्न कुनै कसर बाँकी राखेका छैनन् । हय्या कार्ड नहुने श्रमिकका लागि पनि ‘फ्यान जोन’ निर्माण गर्नु आयोजकको तारिफ योग्य कार्य हो ।
इस्लामिक देश भएर पनि विश्व सामु आफूलाई परिमार्जित रुपमा देखाउँदै कतारले मादक पदार्थको व्यवस्था समेत गरेको छ । निश्चित दायरामा रहेर आफूले चाहेको मादक पदार्थ सेवन गर्न सकिन्छ ।
पहिलो पटक खाडीमा आयोजना गरिएको यस प्रतियोगितालाई केही पश्चिमा राष्ट्रका मिडियाले नकारात्मक रुपमा प्रचार गरे पनि कतारले हरेक कोणबाट ऐतिहासिक विश्वकप
बनाउन कुनै सम्झौता गरेको छैन ।सुरक्षाको विषयमा अति चासो दिएको कतारले आफ्ना नागरिक, पाहुना तथा आप्रवासी कामदारको सुरक्षाका लागि हजारौं स्वयंसेवक र सुरक्षाकर्मी भर्ती तथा
परिचालन गरेको छ । विश्वकपलाई सफल बनाउन थुप्रै नेपाली युवतीहरु पनि भोलेण्टियरका रुपमा खटिएका छन् ।उनीहरुलाई स्थलगत रुपमा फेला पारेपछि मध्यान्ह दैनिकले आधा दर्जन नेपाली
युवतीलाई तपाईंले स्वयंसेवकको रुपमा फिफाको भोलेण्टियर भएर सेवा गर्न पाउँदा कस्तो महसुस गर्नु भएको छ ? कुन क्षेत्रमा कसरी
कार्यसम्पादन गरिरहनु भएको छ भनेर प्रश्न गरेका थियो । आउनुहोस् हेरौं तिनै सहासी युवतीहरुको जवाफ उनीहरुकै शब्दमा

प्रतिकृया दिनुहोस्