

काठमाडौँ / नेपालका चर्चित गायक शिव परियारले माफी मागेको छन् । परियारले धरानका नगर प्रमुख हर्क साम्पाङको नाम जोडी आफ्नो फेसबुकमा स्टाटस लेखेका हुन् ।
गाएक शिव परियारले लेख्नु भएको स्टाटस ” क्षमा प्रार्थी छ प्रीयजन, धरानका मेयर ज्यूले गरेको फेसबुक सम्बोधनमा चमार जातिको जातिय आत्मसम्मानमा पुग्न गएको आघातको बिषयमा सामाजिक
सदभाव खलबल्याउँने र त्यस्ता बिचार बोक्नेलेहरुले आत्माअलोचना गर्नु पर्दछ भन्ने आफ्ना धारणा राख्दै गर्दा नयाँ ‘जोगी’ भन्ने दृष्टान्त दिएर गरेको मेरो सार्वजनिक धारणाले कुनै समुदायलाई
विभेद हुने आशय अभिव्यक्त भएको छ भने म उक्त शब्द सहर्ष फिर्ता लिएको घोषणा गर्दछु | र उक्त पोष्टबाट त्यो शब्द हटाउँछु। मेरो असल नियत कुनै पनि प्रकारबाट, कसैबाट पनि जातीय
विभेद हुने, जातीय सद्भाव खल्बल्याउने कार्य नगरौं भन्ने हो। नेपालीहरूको बिचको अक्षुण्य एकता र जातीय सद्भाव सर्वोपरी ठानेर निरन्तर कलाकर्ममा लागि रहेको मेरो भनाईले कोही कसैलाई आहत पर्न गएकोछ भने क्षमा प्रार्थी छु “।

प्रतिकृया दिनुहोस्