

गाईघाट / उदयपुरमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्या,न गएको छन् भने ८ जना घाईते भएका छन् ।कटारी नगरपालिका वडा न-१० सोरुङ छविसे पालिसिंहमा बोलेरो दुर्घटना भएको हो ।
मृ,त्यु हुनेमा ताप्ली गाउँपालिका १ बस्ने ६५ वर्षिय मिन बहादुर सार्की रहेको छ । उनको उपचारको क्रममा कटारी अस्पतालमा मृ,त्यु भएको हो । सोही दुर्घटनामा घाइते हुनेहरुमा
सर्लाही लालबन्दी बस्ने ३० वर्षिय फडिन्द्र श्रेष्ठ, निज फडिन्द्र श्रेष्ठको छोरीहरु वर्ष ७ की भवानी श्रेष्ठ र वर्ष २ की भुमिका श्रेष्ठ घाइते भएका छन् । ताप्ली गाउँपालिका ५ रुपाटार २३
वस्ने सुमित्रा गिरी र सोही गाउँपालिका ४ बस्ने ४५ वर्षिय झगड बहादुर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिनु भयो । ताप्ली
गाउँपालिकाका उपाध्यक्ष धनामाया मगरले घटना प्रति दु:ख व्यक्त गर्दै गाइतेहरुको सिघ्र स्वस्थ लाभ को कामना गर्नु भएको छन् ।


प्रतिकृया दिनुहोस्