

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया रोजगारको लागि सम्झौताको तयारी भईरहेको जनाएको छ ।
मात्र नभई युरोपका अन्य देशसँग श्रम सम्झौताको प्रयासमा मन्त्रालय जुटेको छ ।सरकारले युरोपका देशहरुसँग श्रम सम्झौता गर्दा जिटूजी मोडलबाटै कामदार पठाउने गरि सम्झौता गर्ने जनाएको छ ।
हालसम्म सरकारले जिटूजी मोडलबाट कोरिया, इजरायल, जापान र बेलायतसँग समझदारी गरेको छ ।
पछिल्लो समय ठूलो संख्यामा स्वास्थ्य सेवाको लागि जनशक्ति पठाउन बेलायतसँग सम्झौता गरेको थियो ।
त्यस्तै सम्झौता अब रोमानियासँग हुने तयारी भएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।हालसालै मात्र सरकारले रोमानिया
रोजगारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा तीन महिनाका लागि अस्थायी रोमानियन मिसन खडा गरेको अवस्था छ ।
रोमानिया रोजगारको लागि यो कार्यालय नेपालमै स्थापना भएपछि रोमानिया रोजगारको भिसा प्रक्रिया सहज भएको छ ।
यस अघि रोमानिया रोजगारको भिसा प्रक्रियाको लागि भारतसम्म जानुपर्ने बाध्यता हटेको छ ।सरकारी तयारी अनुसार दशैं अघिनै रोमानियासँग श्रम
सम्झौता हुने तयारी भए अनुसार जिटूजि मोडलबाटै रोमानिया जान सक्ने गरि सम्झौता भएमा त्यसका लागि आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जिटूजी मोडलबाटै रोमानियासँग सम्झौता गर्न सके हाल रोमानिया रोजगारको लागि कम्तिमा ५ देखि ८ लाखसम्म लिने बेथितिको समेत अन्त्य हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्