

गाईघाट / ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बिमा दावी भुक्तानी गरेको छन् । स्वर्गीय बीमितको घरमा पुगेर एक कार्यक्रम आयोजना गरी मृत्यु बिमा दावी भुक्तानी गरेको हुन् ।
स्व.चित्रा कुमारी लिम्बू चौधरीले ३ महिना अगाडी ३० लाखको जीवन बिमा गरेकोमा वोनस सहित ६० लाख २५ हजार रुपैयाँ रकम बिमा दावी वापत भुक्तानी भएको हो ।
त्रियुगा नगर प्रमुख वसन्त कुमार बस्नेतले स्व. चौधरीका छोरा समर दिप चौधरी र श्रीमान सुनिल कुमार चौधरीलाई हस्तान्तरण गरेका हुन ।बिमा दावी वापतको चेक हस्तान्तरण गर्दै नगर प्रमुख बस्नेतले
बिमा दावी सहज र शिघ्र तरिकाले भुक्तानी भएकोमा कम्पनीलाई धन्यवाद दिए । त्रियुगा नगरपालिका प्रमुख सहित वडा नं ४ का वडा अध्यक्ष बद्री बस्नेत, वडा ३ का वडा अध्यक्ष तिलक कटुवाल, कम्पनीका
शाखा प्रबन्धक कमला खवास, एजेन्सी मेनेजर पुरुसोत्तम रौनियार, नबिना खत्री, मार्केटिङ मेनेजर विपिन राई लगयात कम्पनीमा कार्यरत अन्य सदस्य समेतको उपस्थिति रहेको थियो ।
बिमित श्रीमती चौधरीको ३१ बर्षको उमेरमा करेन्ट लागेर गत असोज १५ गते मृ,त्यु भएको थियो । मृ,तक चौधरीले ज्योति लाईफ इन्स्योरेन्समा ३ महिना अघि मात्रै ३० लाख बरावरको जिवन बिमा गरेकी थिईन् ।
उनले ३ महिनाको पहिलो किस्ता २ लाख ७ सय २५ रुपौँया मात्रै विमा शुल्क जम्मा गरेकी थिईन् ।एजेन्सी मेनेजर मनोज गुप्ताले मृ,तक आत्माको चिरशान्तिको कामना गर्दै शोक
सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीेले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैं बीमितको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्