

उदयपुर / नेपाल विद्यार्थी संघ उदयपुरको अध्यक्षमा रोशन कार्की मनोनित भएका छन । गत फागुन बाट रिक्त रहेको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा कार्कीलाई उदयपुरको अध्यक्षमा मनोनयन गरिएको हुन् ।
नेपाली कांग्रेस उदयपुरको सिफारिसमा कार्कीलाई अध्यक्षमा मनोनयन गरेको नेबिसंघ केन्द्रीय कार्यसमितिले जनाएको छन् ।२०६४ सालबाट नेबिसंघमा आवद्ध
भएका कार्की २०७० सालमा इकाई सभापति हुँदै २०७३ सालमा त्रियुगा जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति भएका हुन ।
पार्टी राजनीतिमा समेत आफ्नो राम्रो प्रभुत्व बनाईसकेका कार्की पार्टीको १४ औं अधिबेशनमा लोकप्रिय मत सहित प्रदेश महाधिवेशन प्रतिनिधि बनी सकेका छन ।
संगठन निर्माणमा युवाहरुको पहिलो रोजाईमा पर्ने युवा नेता कार्कीले अध्यक्ष बने लगतै अव संगठन निर्माणमा लाग्ने बताए । साथै कार्कीले केन्द्रीय
कार्यसमितिले मलाई जुन विस्वासको साथी जिम्मेवार दिएको छ यसलाई दृढताका साथ सम्पन्न गर्ने पनि प्रतिबद्ता गर्नु भयो ।


प्रतिकृया दिनुहोस्