

गाईघाट / सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुईवटा प्याकेज कालोपत्रेको ठेक्का तोडिएका छन् । ठेकेदार कम्पनीको लापरबाहीका कारण
वर्षौँदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हुन् । करिब रु ५५ करोड ८७ लाख
लागतमा ०७७ साउन १० गतेभित्र सक्ने गरी ०७३ साउन ११ गते सम्झौता गरेपनि कालोपत्रेको काम अपूरै राखेकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको गाईघाट–दिक्तेल सडक
योजना कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए। उनका अनुसार खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) कालोपत्रेको काम ठेक्का लिएको निर्माण
कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो। त्यस्तै, उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का सम्झौता पनि तोडिएको छ।
मैनाचुली–सिद्धिसाइ प्रकाश जेभीले करिब रु ११ करोड १७ लाखको लागतमा ०७८ चैत २८ गते कालोपत्रे सम्पन्न गर्नेगरी ०७५ भदौ १४ गते ठेक्का सम्झौता गरेको थियो। कालोपत्रेका
लागि ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गरेपनि बेवास्ता गरेकाले ठेक्का तोडिएको योजना प्रमुख खकुरेलले बताए। गाईघाट–दिक्तेल सडकअन्तरगतकै
सिम्पानी–माहुरे (२३ किलोमिटर) सडकखण्डको कालोपत्रे गर्ने काममा पनि ठेकेदार कम्पनीले ढिलासुस्ती गरेको स्थानीय बासिन्दाले बताएका छन् । नया पत्रिका बाट लिएको

प्रतिकृया दिनुहोस्