

काठमाडाैं पुस ११ सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल हुने निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मन्त्री पदका लागि भने विवाद सुरु भएको छ ।
। सभापति रवि लामिछाने साेविता गाैतमलाई मन्त्री बनाउने पक्षमा छन्। सोविता काठमाडौं क्षेत्र नंं २ बाट निर्वाचित भएकी थिइन्।
उता मन्त्रीका लागि पर्टीका महामन्त्री मुकुल ढकालको सिफारिसमा भने डा. चन्दा कार्की परेकी छन्। सामनुपातिक तर्फबाट सांसद बनेकी डा. कार्की महामन्त्री मुकुल ढकालसँग
निकट छिन्। उनी मेडकिल कलेज व्यवसायी हुन्।चन्दाको चयनमा भने पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले असहमती राखेका छन्।लामिछानेले भने कुन मन्त्रालय पाउने टुंगो लागेपछि मात्रै सरकारमा
सहभागी हुने मन्त्रीहरुको नाम पार्टीले तय गर्ने बताएका छन्। प्रतिनिधिसभामा २० सिटसहित चौथो ठूलो दल बनेको रास्वपा माओवादी अध्यक्ष पुष्पकमल
दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै नयाँ गठबन्धनबाट सरकारमा सामले हुन लागेकाे हाे।

प्रतिकृया दिनुहोस्