
नायिकाद्धय उपासना सिंह ठकुरी र मलिका महत एउटै कलेजमा पढेका साथीहरु हुन् । उनीहरुको मित्रचा कलेजको समयदेखि भन्दा पनि अहिले फिल्म लाइनमा आएर बढेको हो ।
केही हप्ता अगाडि एक म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा यी दुइको भेटघाट भएको हो । त्यहाँबाट बलियो बनेको दुइको मित्रता अहिले ह्याङ आउटमा पुगिसकेको जानकारहरु बताउँछन् ।
मलिका र उपासनाले आफूहरु नजिकको साथी भएको र दुवैको प्रेमी नभएको समेत रहस्य खोले उनीहरुले । उनीहरुले एक अर्काको मित्रता लामो समयसम्म चल्ने बताए ।
उनीहरुले, दुबै जनाको बानी ब्यहोरा पनि मिल्ने भएकाले साथी बन्न समय नलागेको सुनाए । उनीहरुको भेटघाटमा ‘साच्चिकै हामी प्रेममा छैनौं । साच्चै, हाम्रो व्याइफ्रेन्ड किन छैनन् ?
भन्ने प्रश्नले केही बेर रमाइलो समेत बनाएको थियो ।उपासनाले अभिनय गरेको ‘डिसेम्बर फल्स’ पौषको १५ गतेबाट रिलिज हुँदैछ । खासमा यी दुइले
करिअरमा फोकस गरेका कारण प्रेमी बनाउने समय नै नभएको निष्कर्ष निकालेका छन् ।

प्रतिकृया दिनुहोस्