
गाईघाट / त्रियुगा नगरपालिका द्वारा आयोजित प्रथम मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता पुस २३ गते शनिबार समापन हुँदै छ । १८ गते देखि २२ गते
सम्म सञ्चालन गर्ने भनिएको प्रतियोगिता एक दिन ढिला गर्दै २३ गते समापन गरिने भएको हो ।१८ गते देखि जारी प्रतियोगितामा १० बिधाका खेलहरु
समाबेश गरिएको थियो । समापनको दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित प्रतियोगिताको समापन गरिने भएको छ । नगरप्रमुख वसन्त कुमार बस्नेतको
नेतृत्वमा जनप्रतिनिधिको टिम खेलमा समाबेश भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनको नेतृत्वमा कर्मचारीको टिम खेलमा समबेश
भएको थियो ।जनप्रतिनिधि र कर्मचारी बिचको मैत्रीपूर्ण खेल १ – १ को बराबरीमा टुंगिएको छ । पहिलो हाफ २५ मिनेट र दोस्रो हाफ २५ गरि ५०
मिनेटको खेलमा पहिलो हाफमा कर्मचारीले १ गोल गरेका थिए । दोस्रो हाफमा पटक पटकपटक गोल गर्ने अवसर पाएको जनप्रतिनिधिको
टिमले १ गोल गर्दै खेल बराबरीमा टुंगिएको हो ।


प्रतिकृया दिनुहोस्