२ माघ २०७९, सोमबार २०:५२


ब्ल्याक बक्स के हो ? ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ।
ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ। विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस्
भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ। “दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको
हुन्छ,” एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने। प्रायः ब्ल्याक बक्समा दुईवटा भाग
हुन्छन्। तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन्। उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ।

प्रतिकृया दिनुहोस्