

युट्युब अन्तर्वार्तालाई विषेश महत्व दिने अञ्जलीलाई युट्युव च्यानलले चर्चामा पुर्याउन मात्रै हैन, खुइल्याउन पनि भुमिका निर्वाह गरेका छन् । सयौं गीतका
भिडियोमा मोडलिङ गरेकी अञ्जली प्रकाश सपुतको ‘बोलमाया’ बोलको गीतमा अभिनयपछि चर्चामा आएकी थिइन् । उनको व्यस्तता अहिले पनि उत्तिकै छन् ।
अञ्जली अधिकारी नाम जस्ले सुनेको छैन उस्ले पक्कै पनि नेपाली लोकदोहोरी गीत सुन्दैन भनेर ठोकुवा गरे हुन्छ । अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् ।
त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो । उक्त महोत्सवमा बद्री पंगेनी शङ्कर बिसी पशुपति शर्मा लगायतका कलाकारहरू उपस्थित भएका थिए । सानै देखी नाच्न भनेपछी हुरुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् ।
त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो । पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु। बद्रीले गीत गाउन सुरु गरे ।
अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए अरु सहभागीहरु थाके । तर अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् ।

प्रतिकृया दिनुहोस्