१८ भाद्र २०७९, शनिबार ०९:१८

नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । यस खाता अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणासम्म
रकम प्राप्त गर्न सक्नेछन् ।बैंककाे अनुसार यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा,
१४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने बैंकले जानकारी दिएकाे छ । त्यसैगरि, विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्धती खातामा
५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्