
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलगत्तै आफू सडक संघर्षमा जाने बताएका छन्। निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रूपान्तरण गर्न आफू निर्वाचनपछि सडक संघर्षमा जाने उनको भनाइ थियो।
आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफू र
आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताए। अहिले त चुनाव आईनै सक्यो। प्रदेश र संघको निर्वाचनको संघारमा छौं हामी। अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु। संघीयता र गणतन्त्रमाथि जसरी
प्रहार भईराखेको छ। हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु’, उनले भने, ‘सडकबाट मात्रै समाजवादको परिकल्पना जो संविधानमा गर्न खोजेको हो। मैले कम्युनिष्ट पार्टी एकता गर्दा पनि समाजवादतिर लैजाने कुरा गरेको छु।
त्यसलाई प्राप्त गर्न अब एकचोटी फेरी र यो मेशिनरी बदल्नका लागि निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नको निम्ति जनतामा जानुको कुनै विकल्प छैन।’अध्यक्ष दाहालले समाजवादको यात्रालाई सुनिश्चित गर्न आफूले तत्कालीन एमाले र
माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराए। उनले एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा
देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दाबी गरे। त्यसका लागि कम्युनिष्ट पार्टीबीच एकता गरेर अघि बढ्ने अध्यक्ष दाहालको भनाइ थियो।

प्रतिकृया दिनुहोस्