

सागर ढकाल सन्यासी हुनुहुन्छ हाम्रो बिहे हुँदैन, अचेल बच्चादेखि वृद्धसम्म रमाउने एप्स हो टिकटक । टिकटकबाट जानकारी, मनोरञ्जनका अलवा आम्दानी
पनि गर्न सकिन्छ । थुप्रै ब्यक्ति टिकटकमा भाइरल भएर रातारात चर्चित बन्दै नाम र दाम कमाउन सफल छन् ।
टिकटक अभिनय कला प्रस्तुत गर्ने एउटा माध्यम समेत भएको छ अचेल । त्यसैले पछिल्लो समय कलाकारितामा टिकटकबाट भित्रिनेको लर्काे लागेको छ । ती मध्ये धेरै अभिनयमा दिन प्रतिदिन ब्यस्त समेत बन्दै गएका छन् ।
यस्तै टिकटकबाटै अभिनयमा भित्रिएकी एक सुन्दरी हुन् मिस पबी अर्थात पवित्रा साकी । टिकटकमा ‘मिस पबी’ नामले चर्चित बनेपछि अभिनयमा भित्रिएकी
उनलाई अभिनयले भ्याइ नभ्याइछ । उनी अहिले सानो पर्दाको सिरियलदेखि म्युजिक भिडियो र विज्ञापन समेत व्यस्त बन्न थालेकी छिन् ।
केही अगाडि सार्वजनिक गायिका अनु चौधरी र गायक प्रताप दासको स्वर रहको गीत ‘सँगसँगै’, गायक सुनिल गिरीको गीत ‘जुम्ला’ होस् वा गायक
हिमाल सागरको नयाँ गीत ‘आह कति राम्री’ सबैका म्युजिक भिडियोमा उनी नै छाएकी छन् ।

प्रतिकृया दिनुहोस्