

क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीबीचको वैवााहिक सम्बन्ध संशयमा परेको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी छन।
एकल सन्तानका रुपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन् । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्तिको फाँटबारी माग गर्ने आदेश गरेको छ ।
यो पनि स्टेज क्वीन’ को नामबाट चर्चित लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न
लागेकी हुन् ।भूमिका र हिजनले केही समयको प्रेमलाई पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् ।
दुवैको विवाह समारोह सोमबार सल्यानमा आयोजना हुँदैछ । विवाहमा दुबै तर्फका सीमित आफन्त र साथीभाइ सहभागी हुने बुझिएको छ ।गायिका गिरीले
ब्याचलर पार्टी शनिबार होटल सम्पदा गार्डेन लाजिम्पाटमा दिएकी थिइन् ।पछिल्लो केहि दिनमा भूमिकाले आफ्ना प्रेमीसंग बनाएको भिडियो टिकटकमा भाईरल छ ।
यो पनि – व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ ।
पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् ।

प्रतिकृया दिनुहोस्