

झारफूक गरेर विरामी निको पार्ने धामी झाँक्रीको अन्धताका कारण धेरैले ज्यानै गुमाउँछन् । देशका दूर दराजको कुरा होइन, यहि काठमाडौंमा मानिसहरु
पासपोर्टमा झारफूक गराए भिसा लाग्ने विश्वासमा परेका छन् ।पासपोर्ट फुकाउन जेनी श्रेष्ठ उर्फ मनोकामना माता कहाँ पुग्छन् । ती माताले जनही १५ सय
शुल्क, पुजा सामाग्रीको ४५०, जुत्ता राखेको बेग्लै शुल्क लिएर यो कमाउ धन्दा चलाउँछिन् ।यो धन्दामा कसैलाई करकापमा त पारिएको छैन, तर सोझा
सिधा मानिसहरुको सरलताको दुरुपयोग गर्दै कमाउ धन्दा चाहिँ चलाइएको छ ।मनोकामना माताले कमाउन अवलम्वन गरेको यो कर्मकाण्ड कसरी पूरा हुन्छ त ?
यो बुझ्न हामी भिसाको लागि आवेदन नगरेको र डेट एक्स्पाएर भएको पासपोर्ट लिएर माताकहाँ पुग्यौं ।तोकिएको शुल्क पाएपछि माताले भनिन् – अब भिसा लाग्छ ।
तर भिसा चाहिँ कसरी लाग्छ त ? भिसाको लागि आवेदन नै दिएको छैन भने ।यीनि हुन् माता मनकामना अर्थात जेनि श्रेष्ठ । काठमाडौंको शोभाभगवती
नजिकै उनको घर छ । घरको ढोकामा दुई जना सुरक्षा गार्ड छन् ।उनको घरमा कुनै एजुकेसन कन्सलटेन्सी वा कुनै म्यानपावर कम्पनीको कार्यलय छैन ।
तर, दैनिक हजारौ युवा पासपोर्ट बोकेर उनको घरमा लाम लाग्ने गरेका छन् ।मनकामना माता भनिने, जेनिले पासपोर्ट छोएकै भरमा, भाकल गरेकै भरमा
विदेश भिसा लाग्ने भनेर छरेको भ्रमका कारण मानिसहरु यो घरमा लाम लाग्ने गरेका छन ।

प्रतिकृया दिनुहोस्