

काठमाडौं / श्रीलंकामा आजदेखि एसिसी इमर्जिङ टिम्स एसिया कप सुरु भएको छ । नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका हुन ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको कप्तान रोहित पौडेलले बताए ।
यो प्रतियोगिता हाम्रो लागि एसिया कपको तयारी हो। प्रतियोगिता सिक्ने ठूलो अवसर पनि हो। प्रत्येक खेलमा हामी जितका लागि खेल्नेछौं,’ रोहितले सहभागी टिमका कप्तानसहितको पत्रकार सम्मेलनमा भने।
एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुने तय भएको छ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
एसिसी इमर्जिङ टिम्स एसिया कप युटुबमा पनि हेर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्