
टुकुचा खोलाका विभिन्न खण्डमध्ये नारायणहिति दरबार संग्रहालयदेखि तीनधारा पाठशालासम्मको खण्ड जयनेपाल हल आसपासबाट बग्छ भन्ने काठमाडौं महानगरपालिकालाई अनुमान थियो।विगतमा भएका विभिन्न अध्ययन
क्रममा निकालिएका स्याटलाइट तस्बिरका आधारमा यो खण्ड जयनेपाल आसपास नै बग्ने अनुमान गरिए पनि ठ्याक्कै कहाँनिर बग्छ भन्ने यकिन थिएन। घर र सडक बनाउने नाममा लामो समयअघि अतिक्रमणमा परेकाले टुकुचाको
बाटो स्थानीयहरूको स्मरणबाट पनि हराइसकेको थियो।तर केही जागरूक स्थानीयले जयनेपालको आँगन नै टुकुचाको बाटो हो भनेर महानगरपालिकालाई जानकारी दियो। त्यहाँ नजिकै बेलाबेला छङछङ पानी बगेको आवाज
सुनिने उनीहरूले बताएका थिए। स्याटलाइट तस्बिरले पनि मोटामोटी त्यही ठाउँ हुनसक्छ भन्ने देखियो।त्यसै आधारमा बिहीबार डोजर लिएर खन्न गएको महानगर टोलीले जसै जयनेपाल हलको आँगनमा केही फिट खाल्डो खन्यो,
उनीहरू हेरेका हेर्यै भए। वरिपरि झुम्मिएका व्यक्तिहरू पनि जमिनमुनिको दृश्य देखेर चकित खाए।जयनेपालको आँगनमा जमिनको सतहबाट करिब १५ फिटमुनि इँटाको तहतह मिलाएर बनाइएको सुरूङजस्तो संरचना थियो।
त्यो संरचना प्वाल पारेर हेर्दा त्यसभित्र टुकुचाको हराएको अंश भेटियो जहाँ अहिलेसम्म पानी बगिरहेको छ।यो घटनाले काठमाडौंका नदी–खोलालाई कसरी अवशेषधरि नरहने गरी अतिक्रमण गरिएको रहेछ भन्ने छर्लंग हुन्छ।स्रोत सेतो पाटि

प्रतिकृया दिनुहोस्