गाईघाट / किशोरकिशोरीहरुको विकासका लागि ८ दिने रुपान्तरण प्रशिक्षक तालिम सम्पन्न भएको छ । बैसाख १६ देखी २३ सम्म उदयपुर सदरमुकाम गाईघाटको आर्यन होटेलमा प्रशिक्षक तालिम सम्पन्न भएको हो । कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका १८ जना किशोर किशोरीहरुको सहभागि रहेको थियो ।
लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत तालिम संचालन भएको कोकनका फिल्ड संयोजक उत्तीम चन्द्र चौधरीले बताए । चौधरीका अनुसार समाजमा हुने हिंसा, दुव्र्यवहार र विभेद अन्त्य गर्न किशोरकिशोरीको सहभागि अनिवार्य रहेको हुदाँ रुपान्तरण कक्षा तथा अभियानबाट तालिम दिएको जनाए । कार्यक्रमका सहभागि मनिका विश्वकर्माले आफुले पढाइ बाट सिक्न नसकेको कुरा तालिम बाट सिकेको बत्ताए ।
स्थानीय तह सदैब किशोरकिशोरीहरुको सशक्तीकरण गर्न नीतिकार्यक्रम र बजेटबाट कार्य गर्दै आएको त्रियुगा नगरपालिकाका सामाजिक शाखा प्रमुख राजकु्मार खड्काले बताए । आगामीदिनमा पनि किशोरकिशोरी लागि काम गर्ने कुराको प्रतिबद्धता खड्काले गर्नु भयो ।सहभागिहरुले सामाजिक विकास शाखा प्रमुखलाई प्रतिबद्धता सहितको ज्ञापन पत्र बुझाएका थिए साथै आफ्नो पालिका र वडामा समेत सहभागिहरुले ज्ञापन पत्र बुझाउने प्रतिबद्धता गरेका थिए । साझा सवालको लागि साझा मन्च (कोकोन) बिराटनगर र VSO कार्यक्रमलाई आयोजना गरेका थिए ।
प्रतिकृया दिनुहोस्