गाईघाट । आज देखि देउरी स्वास्थ्य चौकीलाई स्तरन्नोती गरि नगर अस्पतालको रुपमा त्रियुगा नगरपालिकाले संचालन गरेको छ । आज संविधान दिवसको अवसर पारेर नगर प्रमुख वसन्त कुमार बस्नेतले उद्घाटन गर्नु भएको हो । उद्घाटन समाहरोमा जिल्ला अस्पतालको सहयोगी संस्थाको रुपमा नगर अस्पताललाई अगाडी बढाउदै नगर प्रमुख बस्नेतले जानकारी दिनु भयो ।
साथै नगर अस्पतालमा दक्ष जनशक्तिको अभाव हुन नदिकन संविधानले दिएको जनताको आधारभूत स्वास्थ्य चेकजाँच गराउन पाउने अधिकारको सुनिश्चितताका लागि अस्पताल संचालनमा ल्याइएको नगर प्रमुखले बताउनु भयो ।
नगरपालिकाकै लगानीमा संचालित अस्पतालले ओपिडी सेवा ,२४ घण्टा इमर्जेन्सी सेवा , ल्याव सेवा , बर्थिंग सेवा सहित केही विशेषज्ञ सेवा समेत दिने नगरपालिकाका जनस्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले जानकारी दिए ।
त्रियुगा नगर अस्पताल उद्घाटन कार्यक्रमको अध्यक्षता वडा नं ५ का वडा अध्यक्ष उद्धब थापाले गरेका थिए भने नगर प्रमुख, उपप्रमुख सहित सम्पूर्ण वडाका वडा अध्यक्षहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
यस अगाडी त्रियुगा नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पताल संग सम्झौता गरि नगर भरिका नागरिकको निशुल्क आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिदिने भएको छ भने नगरपालिकाले रेडक्रस सोसाइटी संग सम्झौता गरि नगर भित्रका सम्पूर्ण नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ।
प्रतिकृया दिनुहोस्