


गाईघाट / नेपाली कांग्रेसको भ्रातृ संंस्था नेपाल तामाङ संघ कोशी प्रदेशको प्रथम अधिवेसन सम्पन्न भएको छ । यहि जेष्ठ ३० गते इटहरीको लायन्स क्लबको सभा हालमा सम्पन्न भएको हो । अधिवेसनले सुबास तामाङको अधक्ष्यतामा २६ जना समिति गठन गरेका छन् । उपाध्यक्षमा रोहित तामाङ उदयपुर, पदम तामाङ झापा र कोपिला तामाङ सुनसरी बाट चयन भएको अधक्ष्य तामाङले जानकारी दिनु भएको । तेस्तै सचिबमा देबेन्द्र तामाङ पाचथर, सह सचिबमा पासाङ तामाङ मोरङ, प्रिती चेम्जोंङ तामाङ संखुवासभा बाट चयन भएको र बाकी सदस्यहरु प्रदेशको विभिन्न भूगोल बाट समाबेस गरिएको अधक्ष्यले बताए ।
नेपाल तामाङ संघका केन्द्रिय सभापति रामकृष्ण तामाङले अब हामी तामाङहरु जाग्नु पर्ने बताए । हाम्रो हकहितको लागि जागेन भने कसैले घर घरमा पुगाउदैन अब हाम्रो तामाङको पहिचान जोगाउनको लागि हामी तामाङहरु नेतृत्वमा पुग्नु पर्ने जिकिर गरे ।
दोलखा पार्टी सभापति बर्मा लामाले नेपाली युवाहरु विदेश कमाउनु जादैमा केहि गलत नभएको बताए । पहिले पहिले हाम्रो पुर्खाहरु पनि भारत गएर आफ्नो परिवार पाल्नको निमित्त कमाएर ल्याएको इतिहास रहेको छ । विदेस कमाउनु जानु गलत होइन तर पढाउनेको नाम अहिलेका नेताहरु आफ्नो छोराछोरीहरुलाई विदेशका महंगा कलेजमा राख्नु गलत भएको लामाले बताए ।
कार्यक्रमका प्रमुख अथिती तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने आमनिर्वाचनमा नमस्कार गरेर जनताले भोट नदिने बताए । तर अब ८४ मा हुने निर्वाचनमा चाही सबै पार्टीहरुलाई झुठो बोल्न सजिलो हुने थापाले जानकारी दिए ।
किनभने प्रत्यक तिन महिनामा सरकार परिवर्तन भएको छ यहा मन्त्रिले मन्त्रि चिन्न गाह्रो भएको छ तेसैले ८४मा अरु पार्टीले जनतालाई जे जे भने पनि नेपाली कांग्रेसले हाम्रो पार्टीलाई १० बर्ष एकल बहुमत पुग्ने गरि मतदान गर्न आग्रह गर्नु पर्ने थापाले बताए । थापाले भने यदि नेपाली कांग्रेसले १० बर्ष सरकार चलायो भने नेपालमा आर्थिक वृद्धि पकै हुन्छ ।
थापाले संविधान पनि संसोधन हुने जानकारी दिए । तर संविधान संसोधन हुन्छ भन्ने बितिकै आतिनु पर्ने कुनै कारण छैन । संविधानमा अहिले भएको हकअधिकारहरु केहि नघट्ने बरु बढ्न सक्ने भन्दै सम्पूर्ण तामाङहरुलाई महामन्त्री थापाले प्रतिबद्धता गर्नु भयो ।
तामाङहरुले प्रमुख अथिती,बिशेस अथिती तथा अथितीहरुलाई खादामाला लगाएर र डम्फ़ो बजाएर कार्यक्रम अस्थलमा स्वागत गरेका थिए ।



प्रतिकृया दिनुहोस्