
उदयपुर भाद्र ४
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमको बिचमा योगीलाई बिदाइ गरिएको हो l
नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट काज सरुवा भई नेपाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखामा सरुवा हुनु भएको प्रहरी उपरीक्षक हरिहर नाथ योगी एक विशेष समारोहका बींच विदाई तथा शुभकामना कार्यक्रम गरिएको छ l
कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटारी उदयपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाई,जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी केदार मान दोङ, ईलाका प्रहरी कार्यालय बेल्टार र रामपुरठोक्सिलाका प्रमुखहरु, जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्