२८ भाद्र २०८२, शनिबार १८:४४

शौरव आले मगर
उदयपुर
मुलुकमा सिर्जित विषम परिस्थितिलाई मध्य नजर गर्दै त्रिभुवन विश्वविद्यालयले पठनपाठन स्थगित गरेको छ ।हिउँदे बिदाबाट कटौती हुनेगरी हाललाई दसैं तिहार र छठको पनि एकमुष्ट बिदा दिएको त्रिवि रजिस्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिल्ली थापाक्षेत्रीले जानकारी दिनुभएको छ । भदौ २२ बाट सुरु भएको स्नातक तह दोस्रो वर्षको मौकापरीक्षा पनि २४ गतेबाट स्थगित गरिएको र अर्को सूचना प्रकाशन नभए सम्म हाललाई स्थगित भएको त्रिवि का निमित्त परीक्षा नियन्त्रण डा. सुर्यकान्त कलौनीले जानकारी दिनुभयो ।
उदयपुरका क्याम्पस पनि बिदा
उदयपुरमा रहेका ७ वटा क्याम्पस पनि बिदा दिइएको छ । गाईघाट स्थित त्रियुगा जनता बहुमुखी क्याम्पस ,बरुवा क्याम्पस लगायतमा पठनपाठन स्थगित गरिएको छ

प्रतिकृया दिनुहोस्