
गाईघाट / त्रियुगा नगरपालिका द्वारा आयोजित मेयर रनिङ शिल्ड प्रतियोगिता आज सफलतापूर्वक सम्पन्न भएको छ । त्रि.न.पा १३ लक्ष्मीपुर मा.विमा हिजो बाट सुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागीता जनाएका थिए ।
प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, शारीरिक तन्दुरुस्ती कायम राख्ने र सहकार्यको भावना विकास गर्ने रहेको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिनु भयो ।

प्रतियोगितामा विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि नगर प्रमुख बस्नेत द्वारा प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरुलाई नगद सहित मेयर रनिङ शिल्ड प्रदान गरिएको छ । विद्यालयहरु प्रथम प्याराडाइस,दोस्रो, त्रियुगा मा.वि., तेस्रो, लालिगुरास,चौथो क्यानभास र सान्तवना पुरस्कार भने लक्ष्मीपुर मा.वि र खैजनपुर् मा.विले पाएका थिए ।

प्रतिकृया दिनुहोस्