२२ कार्तिक २०८२, शुक्रबार १५:०२


समृद्ध नेपाल संवाददाता
कात्तिक २१ ,गाईघाट
त्रियुगा नगरपालिका वडा न.३ र १२को सिमानामा सिमाना बोर्ड स्थापना गरिएको छ । त्रि.न.पा-३ का युवाहरु र वडा अध्यक्ष तिलक कटुवालको सक्रियतामा सिमाना बोर्ड स्थापना गरिएको हो । सिमाना स्पष्ट पार्न र स्थानीय बासिन्दाबीच उत्पन्न हुन सक्ने विवाद रोकथाम गर्नका लागि वडाले उक्त सिमाना बोर्ड स्थापना गरेको वडा अध्यक्ष तिलक कटुवालले बताउनु भयो ।
सिमाना बोर्ड स्थापना कार्यले वडाबीचको प्रशासनिक समन्वयलाई सहज बनाउने र भविष्यमा कुनै भ्रम उत्पन्न नहुने वडा न. १२ का अध्यक्ष नबिन राईले विश्वास व्यक्त गर्नु भयो । साथै सिमाना बोर्ड स्थापना कार्यक्रममा दुवै वडाका स्थानीय बासिन्दा तथा नगरका अमिनको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्