२५ कार्तिक २०८२, सोमबार १३:४१


उदयपुर / गाईघाटबाट लहान तर्फ जादै गरेको ना १ ज ८३९१ नम्वरको विङ्गर दुर्घटना भनेको छ । त्रियुगा नगरपालिका वडा नं. ४ शान्तिचोक स्थित आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना हुदाँ चालक सहित १२ जना सवार घाईते भएका छन् ।
घाईतेहरुलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याईएको थियो, बिरामीहरुको अवस्था अनुसार कोही डिस्चार्ज भईसकेकका छन् भने कसैलाई थप उपचारको लागि निउरो अस्पताल बिराटनगर रेफर गरिएको छ । चालक जिल्ला सप्तरी हनुमाननगर घर भई हाल त्रियुगा नगरपालिका वडा नं. ३ मोतिगडामा अस्थाई रुपमा बस्दै आएका बर्ष अं. २६ को उपेन्द्र साह समेत घाईते भई जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।


प्रतिकृया दिनुहोस्