

सत्तारुढ पाँचदलीय गठबन्धनमध्यको एक दलले एक्लै चुुनावमा जाने बताएको छ । आगामी मंसिर ४ गते हुने संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेलको बिषयमा कुुरा नमिलेको भन्दै
जनता समाजवादी पार्टी (जसपा)ले यस्तो निधो गरेको हो ।पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकबाट यस्तो निर्णय गरिएको प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।
गठबन्धनभित्र सिट बाँडफाँटसम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको ‘प्रेस नोट’मा उल्लेख छ ।सम्भव भएसम्म विकल्पका रूपमा अरू दलहरूसित पनि तालमेल गर्न
सकिने बैठकबाट निष्कर्ष निकालिएको छ । सो पनि हुन नसकेको अवस्थामा जसपाले आसन्न निर्वाचनमा एक्लै भाग लिने निर्णय गरिएको जनाइएको छ “हाम्रो पार्टीको समेत सहभागितामा रहेको
पाँचदलीय गठबन्धनमा आगामी हुने संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँटसम्बन्घी छलफलमा हाम्रो पार्टीको लागि सन्तोष’जनक
अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिनेछ । सो पनि
हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ,” प्रवक्ता सुमनले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्