

काठमाडौँ, नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङ्गले दशैको टिका लगाउनु भएको छ | ललितपुरको त्यता टोल निवासी ८९ बर्षीय जीतमाया देउलाबाट टिका लगाएको हो ।
जन्म दिने आमा १४ महिना अघि स्वर्गवास भएको हुदा कर्मदिने आमाको हात बाट टिका लगाएको बताउनु भएको छ | नेपाली राजनीतिमा स्वक्ष क्षवि बनाएको गुरुङ्गले आशिर्वाद माग्दै
सडकको धुलो बढारेको आमाको हातबाट टिका थापेर राजनीतिमा रहेको धुलोलाई बढार्ने प्रतिबद्धता गर्नु भएको हो | आफ्नो सामजिक संजाल फेसबुकमा टिका लगाउदै गरेको भिडियो पोस्ट
गरेको छ | गुरुङ्ग नेपालमा हुने गरेको भ्रष्टचारको बिरुद्धमा खुलेर आफ्नो कुरा राख्ने गरेको छ | भ्रष्टचारीको कुनै, जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र राजनीतिक पार्टी र राष्ट्रियता हुँदैन भन्दै मिडिया आफ्नो कुरा राख्ने गरेको हो ।
नेपालका उच्च राजनीतिक दलकानेताहरुको सम्पति छानबिन हुनुपर्छ त्यसको सुरुवात म बाट नै गरियोस भन्दै सामाजिक संजालमा र संचार माध्यममा बोल्नेगर्नु भएको हो |

प्रतिकृया दिनुहोस्