

काठमाडौँ, बाह्र बर्ष देखि हराएको आफ्नो बुवा खोज्दै छोरी मिडियामा आएको छ | प्युठान जिल्ला पकला ६ काउले घर भएको प्रेम थापा बिगत बाह्र बर्ष देखि हराएको हो | बिहे गरेको तिन महिनामा
आफ्नो संगिनीलाई घरमा छोडी बैदेसिक रोजगार लागि साउदी अरबिया गएको परिवारले बताएको छ | सुरुमा फोनमा प्रत्यक सुक्रबार सम्पर्क भए पनि पछिलो समय सम्पर्क नभएको बताउनु भएको छ |
बैदेसिक रोजगारमा आफ्नै मान्छेले पठाएकोले हामीले गलत नसोचेको परिवारले बताउनु भएको छ | अहिले दश बर्षको छोरीले बुवाको तस्बिर आफ्नो छातीमा टासी बाबा जसरी हुन्छ घर आउनु
भन्दै अनुरोध गर्नु भएको छ | प्रेमको आमाले गह भरि आशु पर्दै मेरो जेठा छोरी जसरी हुन्छ झिकाई दिनु अनुरोध गर्नु भएको हो | बहिनीले पनि दाजुलाई रुदै घर आउन आग्रह गरेको छ | दाजु तपाइले
अर्को बिहे गरेको भए पनि घर आउनु परिवार मिलेर बस्नु भन्दै अर्नुरोध गर्नु भएको हो | प्रेम थापा जी लाई हाम्रो समृद्ध नेपाल टिमले पनि आफ्नो परिवार संग सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ

प्रतिकृया दिनुहोस्