

गाईघाट, खोटाङ र उदयपुरलाई जोड्ने निर्माणाधीन पक्कि पुल अन्तिम चरणमा पुगेको छ | सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा
निर्माणाधीन पक्की पुल चैत मसान्तमा सकिने बताएको छ । जिल्लाबाट पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल हो |

विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको काम गौरी पार्वती वाइपी जेभीले गर्दै आएको थियो तर बिभिन्न कारणले म्याद थप गर्दै आएको छ |
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको पुल निर्माणको कामले पछिल्लो समय भने गति लिएको छ । फोक्सिङ्टारमा निर्माणाधीन
पक्की पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्ने गरी गौरी पार्वती वाइपी जेभीले ठेक्का लिएको हो । पुलको स्ल्याव ढलानको काम आज मिति २०७९/०६/२६ गते सकिने सम्बन्धित बाट जानकारी प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्