

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई घुुम्दै फिर्दै फेरि आफ्नै पूूर्व सहकर्मी माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डसमक्ष पुुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखासमेत प्रचण्डलाई दिएर
उनले राजनीतिमा रहस्यमय गोटी चालेको बुुझ्न गाह्रो छैन ।यता प्रचण्डले आफूूलाई लगाएको गुुन तिर्न प्रचण्डले उनलाई राष्ट्रिय सभा सदस्यमा ल्याउने रणनीतिमा बनाएको बुझिएको छ ।
बाबुराम भट्टराईलाई राष्ट्रिय सभामा ल्याउँदा बाबुराम पनि सांसद भएको सन्देश जाने अनि भोलि आफू प्रधानमन्त्री हुने स्थितिमा बाधक बन्न सक्ने ख’तरा पनि टर्ने बुझाइपछि प्रचण्ड उक्त निष्कर्षमा पुगेको चर्चा छ ।
माओवादीले पाउने कोटा अन्तर्गतको गण्डकी प्रदेशको चुनावबाट वा राष्ट्रपतिले मनोनित गर्ने तीनजनाको कोटामध्येबाट बाबुरामलाई राष्ट्रिय सभामा छिराउने प्रयास हुने भएको छ । राष्ट्रिय सभा
सदस्य मन्त्री हुन पाए पनि प्रधानमन्त्री बन्न सक्दैन् । त्यसैले प्रचण्डले बाबुरामलाई थन्क्याउने गरी योजनावद्ध निर्णयमा पुगेको बताइएको छ ।बाबुरामले आफ्नी छोरी पनि सांसद हुने र आफू पनि
राष्ट्रिय सभामा आउने स्थिति बनेपछि गोरखामा प्रचण्डलाई सजिलै छोडेको बताउने गरिएको छ । बाबुराम र प्रचण्डबीच भएको विशेष डिल
अहिलेसम्म खुलेको छैन । नारायणकाजी श्रेष्ठलाई रु’ष्ट बनाएर बाबुरामलाई मात्रै साथ दिने पक्षमा पनि प्रचण्ड रहेका छैनन् ।

प्रतिकृया दिनुहोस्