

नागरिक पत्र संवाददाता, काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरुले माइती नेपाल नाम संस्था अगाडी प्रद’र्शन गरेका छन् । सन्दीप लामिछानेको घटनामा जोडिएकी किशोरीलाई माइती नेपालको
संरक्षणमा राखिएको समाचार बाहिरिएपछि सन्दीप राष्ट्रको सम्पति भएको र घटनामा प्रभाव पार्न खोजेको भन्दै उनीहरुले आज प्रद’र्शन गरेका हुुन् ।माइती नेपाल नामक संस्था कुुनै सरकारी निकाय नभएको उनीहरुको भनाई छ ।
राजनीतिज्ञ तथा अभियान्ता पुुण्य गौतमले भने, ‘नेपालमा व्यक्तिगत स्वतन्त्रता , पढ्ने लेख्ने माइती नेपाल कुुनै सरकारी संस्था होइन, आइएनजिओद्धारा पालिएको पोषिएको , बालिकाले बाहिर आउन चाहेको भए उनलाई स्वतन्त्र छोड्नुुपर्छ ।’
किशोरीलाई माइती नेपालको घेरामा राखेर दबाब दिइरहेको उनको आशं’का छ । यसमा कुुनै ष’डयन्त्र र योजना हुुन सक्ने उनीहरुको भनाई छ । नाबालिकाले आफूू स्वतनत्र रहेको
बताउनुुपर्ने उनीहरुले बताए ।बालिकालाई ब’यान रटाइन लागिएको उनीहरुको दाबी छ । बालिकालाई प्रहरीलाई नै जिम्मा लगाउन पनि उनीहरुले चे’तावनी दिए ।सन्दीपको पक्षमा आवाज उठाउनेहरुमा
पुुण्य गौतम, कलाकार जयकिसन बस्नेत, यज्ञमणी न्यौपाने लगायतका व्यक्तिरु सहभागि देखिन्थे । उनीहरुले माइती नेपालमा निवेदन पनि दिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्