

नायिका वर्षा शिवाकोटी पछिल्लो समय आफ्नो पारिवारिक सम्बन्धनका कारण चर्चा र चाँसोको बिषयमा छिन् । उनले गत वैशाख ९ गते अमेरिकी निवासी आशिष गेलालसँग लगनगाँठो कसेकी थिइन् ।
विहेपछि श्रीमानसँगै अमेरिका पुगेकी उनले नेपाल फर्किएको केही समयपछि नै श्रीमान्लाई इन्स्टाग्राममा अनफलो गरेपछि उनी चाँसोमा पर्दै आएकी छिन् ।
यसैबीच, बुुधबार शिवाकोटीले ‘अ मिनी हार्ट अट्याक । भन्दै फेसबुुकमा स्टाटस लेखेपछि अनेकौ आं’शकाहरु भइरहेका छन् । धेरैले यसलाई ‘भू’कम्प’ ले अत्याएको कुरालाई सांकेतिक तवरले व्यक्त गरेको भनेर बुझे ।
तर, नायिका शिवाकोटीले भने आफ्नो स्वास्थ्य अवस्थाकै कुरा गरेकी थिइन् ।निकटस्थका अनुसार बुधबार दिउँसो अचानक अस्वस्थ बनेकी वर्षालाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो ।
दिउँसो करिब २ बजे अस्पताल पुर्याइएपछि उनलाई चिकित्सिकले चेकजाँच गरेका थिए ।चिकित्सकले उनलाई ‘माइनर हार्ट अट्या’क’ भए पनि अस्पताल बस्नु नपर्ने बताएको निकटस्थ स्रोतको भनाइ छ ।
सामान्य स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको थियो ।चिकित्सकले ध’पेडी र त’नावका कारण माइनर हार्ट अट्याक भएको बताएका छन् । उनीहरुले चिन्ता’ नलिन र घरमै आराम गर्न सल्लाह दिएपछि वर्षा फर्किइन् ।
उनी आफ्नो निवासमा आराम गरिरहेकी छिन् । आरामकै बेलामा उनले स्टाटस लेखेकी हुन् । तर, आज उनले आफ्नो फेसबुक आईडी नै निस्क्रिय बनाइदिएकी छन् । उनको इन्टाग्राम अकाउन्ट भने चालू छ ।

प्रतिकृया दिनुहोस्