
गाईघाट, त्रियुगा नगरपालिकाले डेंगोका विरामी बढ्न थालेपछि डेंगो नियन्त्रण अभियान सुरु गरेको छ । डेंगो नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षमा
बुधबार बसेको बैठकले गाईघाटमा त्रियुगा नगरपालिकाको अगुवाईमा अभियान सञ्चालन गर्ने निर्णयसँगै बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम सुरु गरिएको हो । त्रियुगा नगरपालिकाको आयोजनामा
जिल्ला प्रशासन र स्वस्थ्य कार्यालय उदयपुर संग समन्वय गरी डेंगी रोग नियन्त्रणका लागी खोज र नस्ट गर अभियानमा त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत लगाएत् सबै स्थानीय तहका
जनप्रतिनिधि र सरोकारवाला निकाय परिचालित भएको हो । घर, समुदाय, कार्यालय, बिद्यालय आसपासका क्षेत्रमा पानी जम्न नदिन, खाल्टाखुल्टी पुर्ने, रेफ्रिजेरेटर, एसीमा लामो सयम पानी
जम्न नदिने, खाली टायरमा जमेको पानी फाल्ने र नष्ट गर्ने अभियान रहेको नगर प्रमुख बस्नेतले बताए । तेस्तै त्रियुगा नगरपालिका प्रमुख
प्रशासकीय अधिकृतमान बहादुर वनले रोग सार्ने लामखुट्टे बस्ने बासस्थान पत्ता लगाई खोजेर नष्ट गर्ने उदेश्य सहित यो अभियान सुरु गरिएको बताए ।


प्रतिकृया दिनुहोस्