

उदयपुरको त्रियुगा नगरपालिका–१५ डहरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ वर्षिय विकास राई रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारको क्रममा शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृ,त्यु भएको हो । प्रदेश २ –०१–००१
त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।-न्युज कारखाना
यो पनि- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग चार घण्टा टेलिफोन संवाद गरेका छन् । उनले टेलिफोन संवादपछि कुरा गर्न पाएकोमा
उत्साहित भएको प्रतिक्रिया दिएका छन् । कल केपी बा कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें । तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु’, ओलीले
आफ्नो फेसबुक पेजमा शुक्रबार दिउँसो लेखेका छन्, ‘दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु ।’

प्रतिकृया दिनुहोस्