

काठमाडौँ, नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङ स्याङ्जा क्षेत्र न २ बाट उम्मेदवार बनेको छ । यहि मंगसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य गठबन्धनमा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार बनेको हो ।
दुई दिन अघि आफु चड्ने गाडी दुर्घटना भएको सामाजिक संजाल फेसबुकमा सामन्य दुर्घटना हामी सबै सुरक्षित छौं भनेर पोस्ट गरेको थियो । गुरुङ अहिले मतदाताहरु संग आशिर्वाद लिदै भोट माग्दै गरेको छ ।
मतदाताहरु संग “देशमा भईरहेको भ्रष्टाचारको अन्त्य गरि समुन्नत नेपाल वनाउने अभियानकोलागी निती निर्माण र कार्यसञ्चालन तहमा पुगी समृद्ध नेपालको ढोका खोल्न जरुरी छ” भन्दै भोट माग्ने गरेको छ ।
नेपालमा हुने गरेको भ्रष्टचारको बिरुद्धमा खुलेर आफ्नो कुरा राख्ने गरेको छ । भ्रष्टचारीको कुनै, जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र राजनीतिकपार्टी र राष्ट्रियता हुँदैन भन्दै मिडिया आफ्नो कुरा राख्ने गरेको हो ।
नेपालका उच्च राजनीतिक दलकानेताहरुको सम्पति छानबिन हुनुपर्छ त्यसको सुरुवात म बाट नै गरियोस भन्दै सामाजिक संजालमा र संचार माध्यममा बोल्नेगर्नु भएको छ ।


प्रतिकृया दिनुहोस्